विगतमा बजेट दिशाहीन थियाे, अहिलेकाे सरकारले मूल बाटाेमा ल्यायाे : सांसद राई
२०७९ जेठ १७ गते

काठमाडाैँ । सांसद सुरेशकुमार राईले शिक्षा र स्वास्थयमा बजेट कम छुटिएकाे बताएका छन् । समग्रमा बजेट राम्राे आएपनि शिक्षा र स्वास्थ्यमा भने कम भएकाे बताए । ‘यी क्षेत्रहरूमा भने प्याकेजमै आउनुपर्छ,’ उनले भनेका छन्, ‘यस्ता क्षेत्रहरूलाई विशेष प्राथमिकतामा राख्नुपर्छ । यसबारे अर्थमन्त्री र सरकारका ध्यान पुगाेस् ।’
उनले केपी शर्मा ओली नेतृत्वकाे तत्कालीन सरकारले गरेकाे संसद् विघटन इतिहासले बिर्सन नसक्ने बताए । ‘विगतमा संविधानविपरीत २/२ पटक गरिएकाे संसद् विघटनलाई इतिहासले बिर्सने छैन । अहिले हामी यही संसद्मा बसेर छलफल गरिरहेका छाैँ । यसबारे हामी पछिसम्म छलफल गरिरहने छाैँ ।’
उनले विगतमा बजेट दिशाहीन भएपनि अहिलेकाे सरकारले सही बाटाेमा ल्याएकाे बताए । ‘विगतमा बजेट दिशाहीन थियाे,’ उनले भने, ‘अहिलेकाे सरकारले मूल बाटाेमा ल्याएकाे छ ।’
२०७९ जेठ १७ गते
प्रतिक्रिया
सम्बन्धित








