‘अमेरिका माेडेल’लाई लागू गरेर विकास गर्छु भन्नू जुत्ताकाे नाप हेरेर खुट्टा काट्नुजस्तै : सांसद कार्की
२०७९ जेठ १७ गते

काठमाडाैँ । सांसद सुरेन्द्रकुमार कार्कीले अन्य देशलाई हेरेर नेपालमा त्यही माेडेल अपनाउन खाेज्नु र विकास गर्छाैँ भन्नु जायज नभएकाे बताएका छन् । मंगलबार संसद्मा बजेटमाथिकाे सैद्धान्तिक छलफलमा माग लिँदै उनले यस्ताे बताएका हुन् । ‘हाम्राे देश दुईवटा ठूला देशकाे बीचमा छ र हामीलाई आफ्नाे देश सानाे लागेकाे हाे । वास्तवमा हाम्राे देश सानाेचाहिँ छैन । पर्यावरणकाे सन्दर्भमा भने त हाम्राे देश बडाे संवेदनशील छ । त्याे भएर हामीले रुसकाे माेडेल, अमेरिकाकाे माेडेल वा चीनकाे माेडेल यहाँ कपी गर्छु र विकास गर्छु भन्नुचाहिँ जुत्ताकाे नाप हेरेर खुट्टा काट्नुजस्तै हाे ।’
उनले बजेटलाई समर्थन गरे, भने— ‘बजेट विगतका भन्दा राम्राे छ । यसलाई जाेडताेडका साथ लागू गराैँ ।’ उनले किसानहरू शक्तिशाली नभइन्जेलसम्म सरकार शक्तिशाली नहुने दृष्टान्त सुनाए ।
२०७९ जेठ १७ गते
प्रतिक्रिया
सम्बन्धित








