अर्थमन्त्रीलाई याेगेशकाे प्रश्न- कमिसन नआउने भएरै शिक्षाकाे बजेट कटाैती गर्नुभएकाे हाे ?

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद याेगेशकुमार भट्टराईले विगतकाे वर्षकाे भन्दा शिक्षा, स्वास्थ्यकाे बजेट कटाैती भएकाे बताएका छन् । मंगलबार संसद्‌मा बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्ताे बताएका हुन् । ‘अहिलेका अर्थमन्त्रीजीले आफू अर्थमन्त्री नहुँदा शिक्षा स्वास्थ्यमा बजेट किन छुटिँदैन भनेर साेधिएकाे प्रश्नमा भन्नुभएकाे छ- कमिसन नआउने भएर २० प्रतिशत पनि बजेट नछुटाइएकाे हाे । फेरि आफैँले प्रस्तुत गरेकाे बजेटमा त विगतकाे सरकारले छुट्याएकाे भन्दा कम बजेट छ । के तपाईंले पनि कमिसन नआउने भएरै शिक्षा स्वास्थ्यमा बजेट कताैती गर्नुभएकाे हाे ?’

सांसद याेगेशले पछिल्लाे समय बाैद्धिक पूँजी पलायतकाे लहर बढेकाे उल्लेख गराउँदै याे पाटाेलाई बजेटले सम्बाेधन नगरेकाे बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + one =