भूमिका बदलिए पनि ‘बाेली’ नफेराैँ : रिजाल
२०७९ जेठ १७ गते

काठमाडाैँ । नेपाली कांग्रेसका सांसद मीनेन्द्रप्रसाद रिजालले नेपाली राजनीतिज्ञमा भूमिका फेरिएसँगै ‘बाेली’ पनि फेरिने प्रवृत्ति रहेकाे बताएका छन् । मंगलबार संसद्मा बजेटमाथिकाे सैद्धान्तिक छलफलका क्रममा उनले यस्ताे बताएका हुन् । पूर्वअर्थमन्त्री युवराज खतिवडाले आफू अर्थमन्त्री हुँदा र अहिले फरक-फरक कुरा गरेकाे उल्लेख गर्दै उनले भने, ‘हामीकहाँ भूमिका फेरिएसँगै बाेली पनि फेरिने चलन छ । याे भएन । हामी सत्य बाेलाैँ । सत्य बाेल्न किन डराउने ? पूर्वअर्थमन्त्री खतिवडाजीकाे कुरा सुनेँ । चित्त बुझेन । यसाे नगराैँ ।’
२०७९ जेठ १७ गते
प्रतिक्रिया
सम्बन्धित








