श्रीमानद्वारा पाठेघर बाहिर तानी चोट पुर्याइएकी महिलाको मृत्यु

काठमाडौँ । श्रीमानद्वारा पाठेघर बाहिर तानी चोट पुर्याइएकी महिलाको मृत्यु भएको छ।

चितवनको खैरहनी नगरपालिका–१० की ती महिलाको सोमबार राति ११ बजेर ५० मिनेट जाँदा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई उनकै श्रीमान ४० वर्षीय रामचन्द्र माझीले मादक पदार्थ सेवन गरी यही जेठ १२ गते कुटपिट गर्नुका साथै योनीभित्र औँला छिराई पाठेघर बाहिर तानी चोट पुर्याएका थिए। घाइते भएकी उनलाई चितवनको भरतपुरस्थित भरतपुर अस्पताल पुर्याइएको थियो। तर, घटना घटेको ४ दिनपछि उपचारका क्रममा जेठ १६ गते सोमबार राति उनको अस्पतालमै मृत्यु भएको हो।

प्रहरीले उनका श्रीमानलाई पक्राउ गरी ज्यान मार्ने उद्योग तथा जबर्जस्ती करणी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिसकेको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार जबर्जस्ती करणीको घटना भएकाले मृतक महिलाको नाम थर गोप्य राखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *