कार्यपालिका निर्वाचनमा समेत पाँच दलीय गठबन्धनबीच तालमेल कायम राख्न निर्देशन
२०७९ जेठ १६ गते

काठमाडौँ । आज सोमबार प्रधानमन्त्री शेरबहादुर देउबाको अध्यक्षतामा बसेको पाँच दलीय गठबन्धनको बैठकले ७७ वटै जिल्लाका स्थानीय तहमा हुने कार्यपालिका निर्वाचनमा पनि पाँच दलीय गठबन्धन कायम राख्ने निर्णय गरेको छ।
बैठकले कार्यपालिका चुनाव हुन बाँकी पालिकाहरूमा पाँच दलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ-आफ्ना दलका प्रदेश र जिल्ला समितिहरूलाई निर्देशन जारी गर्ने निर्णय गरेको गठबन्धन सरकारले विज्ञप्ति सार्वजनिक गरी जानकारी गराएको छ।
विज्ञप्ति:

२०७९ जेठ १६ गते
प्रतिक्रिया
सम्बन्धित








