जिल्ला समन्वय समिति र कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धन कायम रहने

काठमाडाैँ । पाँच दलीय सत्ता गठबन्धनले जिल्ला समन्वय समिति र कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धन कायम राख्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सम्बद्ध पार्टीहरूबिच सहमति कायम गरी कार्यपालिका र जिससको निर्वाचनमा अगाडि बढ्न निर्देशन दिने निर्णय गरेको हो ।

अब सम्पन्न हुन गइरहेको ७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरूको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनको बीचमा सहमति गर्दै अगाडि बढ्न र आफ्ना दलका प्रदेश र जिल्ला समितिहरूलाई निर्देशन दिने निर्णय भएको कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

त्यस्तै, कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैठकमा स्थानीय तहको निवार्चनको समीक्षा भएको र सवै नेताहरूले परिणामलाई सन्तोषजनक रूपमा लिएको बताएको जानकारी दिए ।

आगामी दिनमा राजनीतिक स्थिरता र विकास तथा समृद्धिमा गठबन्धनको आवश्यकता रहेको र त्यसअनुसार अघि बढेर जाने सहमति भएको उनले बताए ।

उनले संघ र प्रदेशको निर्वाचन निर्धारित समयमा नै हुने र गठबन्धन कायमै रहने दावी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − one =