प्रदेश र जिल्ला समितिलाई सहमति कायम गरेर अघि बढ्न गठबन्धनकाे निर्देशन
२०७९ जेठ १६ गते

काठमाडाैँ । सत्तारुढ गठबनधनकाे बैठक सकिएकाे छ । साेमबार अपराह्न ४ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेकाे बैठकले जिल्ला र प्रदेशस्तरीय समितिहरूलाई सहमति कायम गरेर अघि बढ्न निर्देशन दिएकाे छ । ‘स्थानीय कार्यपालिकाको निर्वाचन र जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धनसम्बद्ध पार्टीहरूबीच सहमति कायम गरी अगाडि बढ्न गठबन्धनसम्बद्ध दलका प्रदेश र जिल्लास्तरका समितिलाई निर्देशन गर्ने निर्णय गरिएकाे छ,’ सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काे सचिवालयले भनेकाे छ ।
२०७९ जेठ १६ गते
प्रतिक्रिया
सम्बन्धित








