अर्थमन्त्रीकाे प्रष्टाेक्ति- ‘तलब बढाउनू चुनावी कुरा हाेइन, ऐनकै व्यवस्था लागू गरिएकाे हाे’

काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माले यसपटककाे बजेट सन्तुलनमा रहेकाे दाबी गरेका छन् । साेमबार अर्थमन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनमा उनले यस्ताे बताएका हुन् । ‘हामीले यसपटककाे बजेटलाई सन्तुलनमा ल्याउन खाेजेका छाैँ र सदाकाे बजेटभन्दा तुलनात्मक रूपमा सन्तुलनमा छ । प्रादेशिकरूपमा पनि सन्तुलनमा गलेका छाैँ । कुनै प्रदेशलाई बढाएकाे छाैँ भने कतिलाई घटाएका पनि छाैँ । याे भनेकाे सन्तुलन हाे ।’

उनले कर्मचारीकाे तलब बढाउनू चुनावी कुरा नभएकाे जिकिरसमेत गरेका छन् । ‘कर्मचारीकाे तलब बढाउनु भनेकाे चुनावी कुरा हाेइन,’ उनले भनेका छन्, ‘याे भनेकाे ऐनमै भएकाे व्यवस्थाकाे लागू गरिएकाे हाे । युवाहरूलाई तालिम दिने कुरा पनि चुनावी कुरा हाेइन । याे पनि आवश्यकताकाे कुरा हाे । किसानलाई पेन्सन दिने कुरा पनि चुनावी कुरा हाेइन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 5 =