निजगढ विमानस्थल हाम्राे आवश्यकता हाे : अर्थमन्त्री शर्मा
२०७९ जेठ १६ गते

काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ‘सरकारकाे आवश्यकता’ भएकाे बताएका छन् । साेमबार अर्थमन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनमा उनले यस्ताे बताएका हुन् । ‘निजगढ विमानस्थल हाम्राे आवश्यकता हाे,’ उनले भनेका छन्, ‘हामीले यस्तै आवशकीय कुराहरूलाई प्राथमिकता दिएका छाैँ ।’
उनले यसपटककाे बजेटले सबै क्षेत्रलाई समेटेकाे दाबीसमेत गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ आइतबार संसद्मा बजेट प्रस्तुत गरेका उनले भनेका छन्, ‘यसपटक हामीले सबै क्षेत्रलाई समेटेर बजेट ल्याएका छाैँ ।’
झन्डै ३ अर्ब लगानी भइसकेकाे निजगढ विमानस्थल सर्वाेच्च अदालतले बनाउन नपाउनेगरी राेक लगाइदिएकाे छ ।
२०७९ जेठ १६ गते
प्रतिक्रिया
सम्बन्धित








