हामीले निजी क्षेत्रका सबै मागलाई बजेटमा समेटेका छाैँ : अर्थमन्त्री शर्मा

काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माले यसपटककाे बजेटले निजी क्षेत्रकाे माग सम्बाेधन गरेकाे बताएका छन् । साेमबार अर्थमन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । ‘हामीले यसपटक निजी क्षेत्रकाे मागलाई सबै सम्बाेधन गरेका छाैँ । निजी क्षेत्रकाे याेगदान ठूलाे छ । उनीहरूले झन्डै ७० प्रतिशत हाे भने सरकारकाे पुग-नपुग ३०/३१ प्रतिशत हाे । त्याे भएर हामीले निजी क्षेत्रकाे मागलाई सम्बाेधन गरेका छाैँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 2 =