कांग्रेसले भन्याे- हवाई सेवालाई सुरक्षित बनाउन सम्भाव्य सबै उपायकाे अवलम्बन गराैँ
२०७९ जेठ १६ गते

काठमाडाैँ । सत्तारुढ दल नेपाली कांग्रेसले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारसँग माग गरेकाे छ । आइतबार मुस्ताङकाे थासाङ गाउँपालिका २ सानाेसरेमा तारा एयरकाे विमान दुर्घटना भइ २२ जनाकाे निधन भएपछि कांग्रेसले यस्ताे माग गरेकाे हाे । ‘नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न पनि नेपाली कांग्रेस नेपाल सरकारसँग माग गर्दछ,’ कांग्रेसका प्रवक्ता प्रकाशशरण महतद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ ।
यस्तै कांग्रेसले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेकाे छ ।
२०७९ जेठ १६ गते
प्रतिक्रिया
सम्बन्धित








