सत्तारुढ गठबन्धनकाे समीक्षा बैठक बस्दै

काठमाडाैँ । सत्तारुढ पाँचदलीय गठबन्धनकाे बैठक बस्ने भएकाे छ । बैठक दिउँसाे ३ बजे बस्ने प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाकाे सचिवालयले जनाएकाे छ ।

बैठकले स्थानीय तह सदस्य निर्वाचनसँगै बजेटकाे समीक्षा गर्नेछ । गठबन्धनसम्बद्ध दलका नेताहरूले सबै पालिकाहरूकाे चुनावी नतिजा आएपछि समीक्षा गर्ने बताएका थिए । संवैधानिक व्यवस्थाअनुसार आइतबार नै बजेट भाषण भइसकेकाे छ । त्यस सम्बन्धनमा पनि समीक्षा गर्ने बताइएकाे छ ।

गठबन्धनमा नेपाली कांग्रेससँगै माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमाेर्चा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − three =