मेयर बालेनकाे पहिलाे निर्णय- नगर कार्यपालिकाको बैठक लाइभ गर्ने

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन साहले नगर कार्यपालिकाकाे बैठक लाइभ गर्ने पहिलाे निर्णय गरेका छन् । साेमबार पदभार ग्रहण गर्दै उनले यस्ताे निर्णय गरेका हुन् । आजै शपथ ग्रहण गरेका उनले आफूले महानगपालिकाको फोहोर व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

यसका लागि थप निर्णय गर्नका लागि आजै अपराह्न ४ बजेका लागि बोलाइएको छ । ‘केही दिनपहिले नै हामीले खादा, माला, अन्तर्वार्ता र सेलिब्रेसनहरू फोहोरको व्यवस्थापन नभएसम्म नगर्ने भनेका छाैँ । हामीले गरेको पापको भारी सिसडोलबासीले भोग्दै हुनुहुन्छ । उहाँहरू क्यान्सरपीडित हुनुभएकाे छ । छालाको रोग लागेको छ । मानिस मरिरहनुभएको छ । यो शोक मनाउने बेला हाे । फाेहोरको व्यवस्थापन नहुन्जेल र सिसडोलबासीले स्वच्छ वातारण र हावामा बस्ने र पानी पिउने वातावरण नहुन्जेल अरु काम हुँदैन,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eight =