तारा विमान दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका ७ जना हिँडेका थिए मुक्तिनाथको तीर्थाटनमा

काठमाडाैँ । आइतबार बिहान पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएकाे तारा एयरकाे विमान झण्डै २४ घण्टा पछि भेटिएकाे छ ।

विमान मुस्ताङकाे थासाङ गाउँपालिकाकाे सानाेसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएकाे हाे ।

जहाजमा चालकदलका ३ जना सहित २२ जना सवार थिए । उनीहरू सबैकाे दुर्घटनामा परी निधन भएकाे छ ।

दुर्घटनामा परी मृत्यु हुनेहरूमा एकै परिवारका ७ जना समेत रहेका छन् । दुर्घटनामा धनुषाकाे मिथिला नगरपालिका-११ लाेटामा बस्ने एकै परिवारका सात जनाको मृत्यु भएको हाे ।

मृतकहरूमा एकै परिवारका इन्द्रबहादुर गोले, राममाया तामाङ, पुरुषाेत्तम गाेले, तुलसादेवी तामाङ, मकरबहादुर तामाङ, सुकुमाया तामाङ तथा राजन गाेले रहेका छन् ।

मृतक इन्द्रबहादुर गाेले र राममाया तामाङ राजन गाेलेका बुवाआमा हुन् भने पुरुषाेत्तम गाेले र तुलसादेवी काकाकाकी तथा मकरबहादुर तामाङ र सुकुमाया तामाङ मामा माइजु हुन् ।

राजनले उनीहरूलाई मुक्तिनाथकाे तीर्थाटनका लागि लिएर गएका थिए । धनुषामा राजनीतिमा सक्रिय राजन पछिल्लाे समय एकीकृत समाजवादीमा सक्रिय थिए ।

एकै परिवार तथा एउटै टाेलमा बस्ने उनीहरूकाे निधनले अहिले लाेटा गाउँ नै शाेकमा डुबेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 14 =