उदयपुरमा ट्रक दुर्घटनाः १०० मिटर तल ट्रक खस्दा ४ जनाको शव यत्रतत्र

काठमाडौँ । उदयपुरको कटारी नगरपालिका १४ भदौरेस्थित चनौटमो सोमबार बिहान ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ।

सिद्धिचरण राजमार्ग हुँदै मकवानपुरको हेटौंडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट लोडेड ना ८ ख ८२९७ नं को लोबेड ट्रक सोलुखुम्बुतर्फ जाँदै गर्दा बजुरा खोला नजिकै दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा ट्रकका चालक बाराको सिमरा-१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा-१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मोहन थापाले बताएका छन्।

कच्ची सडकमा ट्रक चलाइरहेकै अवस्थामा चालक निदाएका कारण ट्रक अनियन्त्रित हुन गई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरी निरीक्षक थापाका अनुसार ट्रक सडकबाट करिब सय मिटर तल खसेको छ। स्थानीयको सहयोगमा प्रहरीले शव बाहिर निकाल्ने प्रयास जारी राखेको छ। शव यत्रतत्र छरिएको हुँदा उठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारीको टोलीसहित सशस्त्र प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *