काठमाडौँका मेयर र उपमेयरको शपथ आज

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलसहितका जनप्रतिनिधिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यकाअनुसार आज बिहान ११ बजे राष्ट्रिय सभागृहमा शपथ ग्रहणको कार्यक्रम राखिएको छ । काठमाडौँ महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई आज शपथ ग्रहण गराउनेछन् । त्यसपछि मेयर साहले उपमेयर, वडा अध्यक्ष र सदस्यहरूलाई शपथ ग्रहण गराउने छन् ।

मेयर साह र उपमेयर डंगोलले आजै पदभार ग्रहण गर्ने कार्यक्रम छ । त्यसपछि बोर्ड बैठक बसेर मेयर साहले पहिलो निर्णयमा हस्ताक्षर गर्ने सूचना अधिकारी आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

One thought on “काठमाडौँका मेयर र उपमेयरको शपथ आज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + nineteen =