याे बजेटले चुनावमा भोट बटुल्ने नियत मात्र राखेकाे छ : पूर्व अर्थमन्त्री पौडेल

काठमाडौँ । पूर्वअर्थमन्त्री समेत रहेका नेकपा एमालेका नेता विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको यो बजेट हावादारी भएको प्रतिक्रिया दिएका छन् । बजेट भाषणपछि संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
‘मंसिरमा संसदको चुनाव गर्नुपर्ने छ,’ उनले भने, ‘यो सरकारको आयु अब जम्मा ५ महिना छ । यती छोटो अवधीको सरकारले यस्तो सरकारले दीर्घकालिन महत्वको बजेट ल्याएको छ । कोसी र कर्णाली नदी जोड्ने जस्तो हवादारी योजना सरकारले ल्याएको छ । यसले चुनावमा भोट बटुल्ने निहित स्वार्थ राखेर बजेट ल्याएको छ ।’
कोभिड सहज बन्दै गएको अवस्थामा समेत तोकिएको लक्ष्य हासिल गर्न नसक्ने यो सरकारले ८ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने लक्ष्य राख्नु नै हावादारी भएको उनले बताए ।
त्यस्तै, मुद्रा स्फिति ७ प्रतिशतमा राख्न पनि संभव नभएको र चुनाव केन्द्रीत भएर निश्चित नेताहरुलाई फाइदा हुने गरी बजेट ल्याइएको पनि उनले बताए ।








