६८ वर्षदेखि नै वृद्धभत्ता दिने निर्णय गलत छ, म भत्ता लिन्न : बाबुराम भट्टराई
२०७९ जेठ १५ गते

फाइल तस्वीर
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले वृद्धभत्ता नलिने घोषणा गरेका छन् ।
सरकारले ल्याएको बजेटबारे संसद परिसरमा प्रतिक्रिया दिँदै उनले बजेटमा आगामी आर्थिक वर्षदेखि लागू गर्न लागिएको ६८ वर्षदेखि वृद्धभत्ता दिने निर्णय गलत भएको बताए ।
उनले भने, ‘अब म पनि ६८ वर्ष पुग्दैछु,गरिब देशको नागरिकले ६८ वर्षदेखि वृद्धभत्ता लिन मेरो नैतिकताले दिएन, त्यसैले म वृद्धभत्ता नलिने घोषणा गर्छु ।’
समग्रमा बजेट सकारात्मक रहेकाे बताउँदै उनले सामाजिक सुरक्षामा धेरै जोड दिनु गलत भएको बताए ।
२०७९ जेठ १५ गते
प्रतिक्रिया
One thought on “६८ वर्षदेखि नै वृद्धभत्ता दिने निर्णय गलत छ, म भत्ता लिन्न : बाबुराम भट्टराई”
Leave a Reply Cancel reply
सम्बन्धित









ब्रिद्ध भत्ता खारेज गर्नु पर्छ गरिबी भत्ता लागु गर्नु पर्छ सिछा स्वास्थ्य निसुल्क गर्नु पर्छ अपाङ्ग भत्ता लागु गर्नु पर्छ कमर्चारी लाइ राजनिती देखि टाडा राख्नु पर्छ अनुगमन स्वछ हुनुपर्छ