प्रत्येक वर्ष २ लाख बेरोजगारलाई रोजगारी दिइने
२०७९ जेठ १५ गते

विराटनगर । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिर्माजन गर्ने भएको छ।
आगामी आर्थिक वर्षको बजेट भाषणमा अर्थमन्त्री जनार्दन शर्माले कार्यक्रमको ढाँचा परिमार्जन गर्दै प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई कृषिसँग जोडेर लाने घोषण गरेका हुन् ।
स्थानीय तहको सहकार्यमा स्थानीय रोजगार केन्द्रमा सूचिकृत रहेका नागरिकलाई लक्षित गरी कृषि रोजगारमूलक क्षेत्रमा लगाइने भनिएका छ।
प्रत्येक वर्ष रोजगार सेवा केन्द्रमा मार्फत २ लाख सूचिकृत बेरोजगारलाई रोजगारी प्रदान गरिने भनिएको छ।
प्रधानमन्त्री रोजगर कार्यक्रमको ढाँचा परिमार्जन गरि प्रधानमन्त्री रोजगार कार्याक्रमको लागि ७ अर्ब ५ करोड बजेट विनियोजन गरिएको छ।
२०७९ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








