आगोले जलेकी लोकशरी कुँवरको उपचारार्थ सङ्कलित ३६,८५८ हस्तान्तरण

काठमाडौँ । आगोले जलेर गम्भीर घाइते भएकी बाजुराको बुढिगंगा नगरपालिका -१० की २३ वर्षकी लोकशरी कुँवरको उपचारका लागि भारतका सङ्कलित रकम हस्तान्तरण गरिएको छ । ‘लोकशरी बचाउ अभियान’अन्तर्गत कुल रावलको नेतृत्वमा सङ्कलित ३६ हजार ८५८ रुपैयाँ शनिबार कुँवरलाई हस्तान्तरण गरिएको हो ।
भारतबाट पठाइएको उक्त सहयोग रकम विद्यार्थी नेता भीम रावलले ललितपुरस्थित पाटन अस्पतालमा उपचारमा उपचाररत कुँवरलाई अस्पतालमै पुगेर हस्तान्तरण गरेका थिए । घाइतेको उपचारार्थ थालिएको अभियानमा युवा तथा समाजसेवी हातहरूले उक्त रकम सहयोग गरेका हुन् ।
रोजगारीको सिलसिलामा भारतमा रहेका र नेपालमै रहेर पनि समाजसेवामा हात फैलाउँदै छोटो अवधिमा ३६ व्यक्ति तथा संस्थाले सहयोग गरेको कुल रावलले जनाकारी दिए । ‘छोटो अवधिमा घाइतेको उपचारका लागि साढे ३६ हजारभन्दा बढी सङ्कलन भएको छ,’ रावलले भने, ‘यसबाट आगामी दिनमा पनि समाजसेवा र सहयोगको लागि हौसला बढेको छ, सहयोगी सम्पूर्णलाई धन्यवाद दिन चाहन्छ ।’
जेठ ३ गते घरमै आगाले जलेकी कुँवरलाई आफन्तले उपचारका लागि अछामको बयलपाटा अस्पतालमा पुर्याएका थिए । त्यहाँबाट थप उपचारका लागि काठमाडौँ ल्याइएको हो । आगोले लोकशरीको २२ प्रतिशत भाग जलेको चिकित्सकले बताएका छन् ।
यी हुन् सहयोगी
१)जनज्योति नेपाली समाज भारत रु ५१५१/- भारु
२) मनिष रावल गौरीगंगा न.पा११कैलाली रु १०००/- भारु
३) मनिष रावल घोडाघोडी न.पा.११ कैलाली ५५०/- भारु
४) अनिल खाती सा. न.पा. ११अछाम रु ५११/- भारु
५) विवेक कडायत सा. न.पा.१२ अछाम रु१०००/- भारु
६) राजेन्द्र रावल घोडाघोडी न.पा.११ कैलाली रु ५२१/- भारु
७) नवराज कडायत सा. न.पा. १२अछाम ५००/- भारु
८) मान बुढा ख.छे.गा.पा.१ बाजुरा रु ५०१/- भारु
९) कृष्ण रावल ख.छे.गा.पा.१ बाजुरा रु ५००/- भारु
१०) गणेश रावल ख.छे.गा.पा. १बाजुरा रु ५००/- भारु
११) राम रावल ख.छे.गा.पा. १बाजुरा रु १०००/- भारु
१२) खेमराज कडायत सा.न.पा.१२ अछाम रु१५०/- भारु
१३) शिव रोकाया कृष्णपुर न.पा.३ कञ्चनपुर रु ५५०/- भारु
१४) कुलदीप बुढा ख.छे.गा.पा. २ बाजुरा रु ५०१/-
१५) अंकुश कडायत सा.न.पा.१२ अछाम रु ५५०/_ भारु
१६) तिलक रावल घो.न.पा.११ कैलाली रु ५००/- भारु
१७) खुमन रावल ख.छे.गा.पा. १बाजुरा रु ५००/- भारु
१८) रमेश रावल सा.न.पा. १२अछाम ५५०/- भारु
१९) टेकेन्द्र रोकाय ख.छे.गा.पा. १बाजुरा रु ५००/- भारु
२०) सम्झना रावत रावल ख.छे.गा.पा. १बाजुरा रु५००/-भारु
२१) भरत रोकाया ख.छे.गा.पा.१ बाजुरा रु५००/- भारु
२२) विकास कडायत सा.न.पा. १२अछाम रु २००/- भारु
२३) अर्जुन रावल घाे.न.पा.११ कैलाली रु ५११/- भारु
२४) पदम रावत ख.छे.गा.पा. बाजुरा रु ५१०/- भारु
२५) सुरेन्द्र बुढा ख.छे.गा.पा २बाजुरा रु २००/- भारु
२६) विशाल रावत ख.छे.गा.पा. २बाजुरा रु ५२०/- भारु
२७) निर्मल रावल(नृप) घों.न.पा.११ कैलाली१०२१/- भारु
२८) खेम राज रावल सा.न.पा. १२अछाम रु ५५०/- भारु
२९) खड्क कडायत सा.न.पा.१२ अछाम रु २५०/- भारु
३०) दीपेन्द्र बहादुर बुढा (नेपाल प्रहरी) ख.छे.गा.पा. २बाजुरा रु ३०१/- नेरु
३१) भीम रावल (युवा नेता) ख.छे.गा.पा.१ बाजुरा रु १०००/- नेरु
३२) पदम बहादुर बुढा ख.छे.गा.पा. २बाजुरा रु ३०१/- नेरु
३३) धीरेन्द्र पार्वती बुढा( ने.पु.)ख.छे.गा.पा. २बाजुरा रु १०००/- नेरु
३४) मंगल रावल (अर्मान) ख.छे.गा.पा. १बाजुरा रु ५५१/- नेरु
३५) मनवीर कडायत सा.न.पा.१२ अछाम रु २००/- भारु
३६) सुरेश रावल (शेर)ख.छे.गा.पा.१ बाजुरा रु५२१/- भारु








