कृषि उपजमा आधारित उद्योग खोल्न प्रोत्साहन गरिने

काठमाडौँ । सरकारले जुस र वाइन, धागो, रबर, मसला जस्ता कृषिमा आधारित उद्योग खोल्न प्रोत्साहन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा प्रस्तुत गरेको बजेट बक्तव्यमा यस्तो उल्लेख गरेका हुन् ।

विभिन्न किसमका फलफूलबाट उत्पादन हुने जुस उद्योग खोल्न, त्यस्तै फलफूलबाट बन्ने वाइन उद्योग खोल्न, कपास खेती गर्न, धागो उत्पादन गर्न, रबर खति गर्न र उत्पादन गर्न मागमा आधारित घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्ने जनाएको छ ।

त्यस्तै, ५० वर्षसम्म लिजमा लिएर उद्योग सञ्चालन गर्न सकिने । प्रतिलिपी अधिकार संरक्षण, चोरी गर्नेलाई प्रभावकारी कारवाही गर्ने व्यवस्था मिलाउने उल्लेख गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *