सरकारले समेट्याे निजगढ विमानस्थललाई बजेटमा

काठमाडाैँ । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई बजेटमा समेटेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/८० काे बजेट भाषणमार्फत सरकारले बजेटमा समेटेकाे बताएका हुन् । उनले निगजढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्यअगाडि बढाउने योजना बजेटमार्फत सार्वजनिक गरेका छन् ।

गौतमबुद्ध र पोखरा विमानस्थललाई पूर्णरूपमा सञ्चालनमा ल्याउने घोषणासमेत सरकारले गरेकाे छ । यस्तै त्रिभुवन विमानस्थको चाप व्यवस्थित गर्न र दोस्रो टर्मिनल भवन बनाउन समेत बजेट विनियोजन भएको छ ।

यसअघि सर्वाेच्च अदालतले निजगढ विमानस्थल बनाउन नपाउनेगरी राेक लगाएकाे छ ।

♦ याे पनि:
   निजगढ विमानस्थल नबनाउन सर्वाेच्चकाे आदेश

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *