रियलमीको ‘रियलमी ९’ सिरिज सार्वजनिक, के के छन् विशेषता ?

काठमाडौँ । रियलमीले ‘रियलमी ९’ फोन सार्वजनिक गरेको छ । यो रियलमीको सबैभदा पछिल्लो संस्करण हो । अर्को हप्तादेखि दराज र देशका १ हजारभन्दा बढी स्टोरमा रियलमीको फोन उपलब्ध हुनेछ ।
‘रियलमी ९’ मा १०८ एमपी प्रोलाइट क्यामेरा र ‘आइएसओसेल एचएम६’ ईमेज सेन्सर रहेको छ । त्यस्तै यो स्मार्टफोनमा क्वालकम स्नापड्रागन ६८०, ९० हर्ज सुपर एमोलेड डिस्प्ले, ३६० हर्ज टच सहित ५ जिबी सम्मको डायनामिक र्याम रहेको छ ।

त्यस्तै ५००० एमएएच मेगा ब्याट्री, ३३ वाट डार्ट चार्ज प्रविधि, मुटुको गती पत्ता लगाउने इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर, १६ एमपी सेल्फी क्यामेरा रहेको छ । एन्ड्रोइड १२ मा आधारित यस फोनमा १२८ जिबी सम्मको स्टोरेज रहेको छ । रियलमी ९ सिरीजको यो स्मार्टफोन ८/१२८ जिबीको मूल्य रु ३३,४९९ छ भने ६/१२८ जिबीको मूल्य रु ३१,४९९ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *