सरकारले ल्यायो किसान पेन्सन योजना, किसानले जम्मा गर्ने रकमको १० प्रतिशत सरकारले जम्मा गर्ने

काठमाडाैँ । सरकारले किसान पेन्सन योजना अघि सारेको छ । सरकारका अर्थमन्त्री अर्थमन्त्री जनार्दन शर्माले आज संसद्‌मा आव २०७९/८० काे बजेट पेश गर्दै यसबारे जानकारी दिएका हुन् । बजेटमा किसानसँग सरकार कार्यक्रम अघि सारिएकाे हाे । बजेटमा भनिएकाे छ, ‘किसान पेन्सन कार्यक्रम शुरू गर्न किसान हित कोष स्थपना गरिनेछ ।’

यो कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत सरकारले जम्मा गरिदिनेछ । ‘कोष स्थापना गर्न विउ पूँजीका रूपमा १ अर्ब छुट्याएको छु,’ अर्थमन्त्री शर्माले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *