प्रदेशहरूलाई १ खर्ब २४ अर्ब अनुदान दिइने

काठमाडौँ । सरकारले सातै प्रदेशका लागि गरी कुल १ खर्ब २४ अर्ब ३० करोड अनुदान उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त जानकारी गराएका हुन् ।

मन्त्री शर्माका अनुसार आगामी वर्ष संघीय सरकारले प्रदेश सरकारहरुलाई वित्तीय समानीकरण अनुदानतर्फ ६१ अर्ब रुपैयाँ वितरण गर्ने भएको छ । त्यस्तै, सशर्त अनुदान ५७ अर्ब १७ करोड र समपुरक अनुदान ६ अर्ब ३० करोड प्रदेश सरकारहरुले पाउने बजेटमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *