प्रत्येक स्थानीय तहमा कृषि तथा पशुविज्ञानमा स्नातक जनशक्ति खटाइने

काठमाडाैँ । सरकारले प्रत्येक स्थानीय तहमा कृषि तथा पशुविज्ञानमा स्नातक गरेका जनशक्ति खटाउने भएको छ । आइतबार बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले यसबारे जानकारी दिएका हुन् । कृषिको उत्पादकत्व बढाउने लक्ष्य हासिल गर्न यस्ताे गर्नुपरेकाे उनले बताएका छन् ।

कृषि उत्पादकत्व बढाउन प्रधानमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र गठन गर्ने, कृषि स्वयंसेवक तयार गर्ने, किसानहरुलाई सहुलियत कर्जा दिने, कृषि बीमा गर्ने, कृषि उत्पादन संकलन केन्द्र विस्तार गरिनेलगायतका कार्यक्रम बजेटमा समेटिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *