कान्समा नेपाली चलचित्र ‘लोरी’ लाई ‘स्पेसल मेन्सन’ अवार्ड

एजेन्सी । विश्वको चर्चित कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्रले पहिलो पटक अवार्ड जितेको छ ।

अविनाश विक्रम शाहले निर्देशन गरेको चलचित्र ‘लोरी’ ले कान्समा सर्ट फिल्म विधामा ‘स्पेसल मेन्सन’ अवार्ड जितेको हो ।

योसँगै चलचित्र ‘लोरी’ कान्समा औपचारिक रुपमा भाग लिने र अवार्ड जित्ने पहिलो चलचित्र बनेको छ । अवार्ड लिन चलचित्र निर्देशक शाह स्वयं उपस्थित भएका थिए । चलचित्र ‘लोरी’ आमाले आफ्नी छोरीलाई निदाउन लोरी सुनाउने कथासँग सम्बन्धित छ । चलचित्रमा अंकिता यादव, सुजिता साह र प्रिती झा ले अभिनय गरेका छन् ।

चलचित्रलाई पेट्रा फिल्मस र अन्डरग्राउन्ड टकिजले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

यस पटक नेपाली अभिनेत्री सुरक्षा पन्तले औपचारिक रुपमा सहभागिता जनाउने अवसर पाएकी थिइन् । कान्स फिल्म फेस्टिभल ११ दिनसम्म चलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *