नयाँ आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै

काठमाडाैँ । सरकारले आउँदो आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्ने भएको छ । साँझ ६ बजे बस्ने संसदको दुवै सभाको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बजेट पेश गर्नेछन् ।

संवैधानिक व्यवस्था अनुसार प्रत्येक जेठ १५ गते संसदमा नयाँ आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने गरिएको छ । सोही व्यवस्था अनुरूप सरकारले आज बजेट सार्वजनिक गर्न लागेको हो ।

संसदको सम्भावित कार्यसूचीमा अर्थमन्त्री शर्माले बजेट टेबुल गर्ने कार्यसूची राखिएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए । यस्तै अर्थमन्त्री शर्माले संसदमा आर्थिक विधेयक २०७९ पेश गर्ने समेत सम्भावित कार्यसूची रहेको छ ।

बजेट पेश गर्नुपूर्व सरकारको नीति तथा कार्यक्रम संसदले बहुमतले पारित गरिसकेको छ । जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनमा पेश गरेको नीति तथा कार्यक्रम शनिबार बहुमतले पारित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *