अर्थतन्त्रको आकार ५.८४ प्रतिशतले बढ्ने, ऊर्जा क्षेत्रको बिस्तार उत्साहजनक

काठमाडौँ । नेपालको अर्थतन्त्रको आकार बढ्ने देखिएको छ । चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ५.८४ प्रतिशतले बढ्ने भएको हो ।

शनिबार प्रतिनिधिसभामा २०७८/७९ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस वर्ष कोभिडको महामारी कम भएको र उर्जा क्षेत्रको विस्तार उत्साहप्रद रहेकाले अर्थतन्त्रको आकार ५.८४ प्रतिशतले बढ्ने बताए ।

गत आर्थिक वर्षमा अर्थतन्त्रको विस्तार ४.२५ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *