नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट आगामी आर्थिक बर्षको लागि संघीय संसदमा प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

शनिबार बसेको प्रतिनिधि सभा बैठकले नीति कार्यक्रम पारित गरेको हो । सभामुख अग्नि सापकोटाले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन् ।

राष्ट्रिय सभाबाट हुने नीति तथा कार्यक्रम शुक्रबारनै बहुमतले पारित भइसकेको थियो ।

दुबै सदनबाट बहुमतले पारित भएकाले अब सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ ।

त्यस्तै, जेठ १५ गते संसदको दुबै सदनमा अपरान्ह ४ बजे बजेट पेश हुँदैछ। प्रतिनिधि सभाको अर्को बैठक आइतबार साँझ ६ बजेसम्मका लागि स्थगित भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *