नेपाली क्रिकेट टोली अमेरिका प्रस्थान, टोली सन्तुलित छ हामी सबै पक्षमा तयार छौं: लामिछाने

काठमाडौँ । अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि  नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

शनिबार नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सिरिजका लागि अमेरिकाको टेक्सस जाने नेपाली टोलीलाई बिदाइ गरेको हो ।

नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायतले बिदाइ गरे । विदाई कार्यक्रममा खेलकुदमन्त्री गहतराजले खेलाडीलाई दबाबविहिन भएर खेल्न आग्रह गरे ।

उनले सरकारले नेपाली क्रिकेटलाई चिन्दा क्यानलाई चिन्ने भएकाले क्यानको निर्णयलाई सवैले स्वीकार गर्नुपर्ने धारणा राखे । पछिल्लो पटक क्रिकेटमा देखिएको विवादलाई आफुहरु नै मिलेर समाधान गर्ने र त्यसमा खेलाडीले ध्यान नदिन उनले आग्रह गरे ।

त्यस्तैराष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले लिग–२ मा अझै धेरै खेल खेल्न बाँकी रहेकाले धेरै अंक जोड्दै विश्वकप सम्भावनालाई कायम राख्न चाहेको बताए । उनले नेपाली टीम निकै सन्तुलित रहेको र उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए ।

त्यस्तै मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पछिल्लो दुई तीन हप्तादेखि निकै कडा मेहनत गरिरहेको र राम्रो नतिजा आउने विश्वास व्यक्त गरे । अहिलेको टीम पनि निकै राम्रो बनेको उनको भनाई रहेको छ ।

सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ । सिरिजका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरिसकेको छ । सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा ओमानविरुद्ध खेल्नेछ । नेपाल र ओमानबीचको खेल जुन ९ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अनि्तम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ । लिग टु को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ । नेपालले अहिलेसम्म १२ खेल खेलेको छ । जसमा नेपालले ६ जित र ६ खेलमा हार व्यहोरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *