मोरङ व्यापार संघ र विराटनगर क्याम्पसद्वारा सहमति पत्रमा हस्ताक्षर

विराटनगर । विराटनगरमा रहेको मोरङ व्यापार संघ र स्नाकोत्तर क्याम्पस विराटनगरबीच उद्योग व्यवसाय र शैक्षिक उन्नयन गर्ने बारेमा सहमति पत्रमा हस्ताक्षर भएको छ।

मोरङ व्यापार संघ र त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको स्नाकोत्तर क्याम्पस, विराटनगरबीच उद्योग व्यवसायीहरूलाई उच्च शिक्षा प्राप्त गर्दै गरेका युवा विद्यार्थीहरूसँग सहकार्यबाट प्राप्त व्यवहारिक एवं सैद्धान्तिक ज्ञानलाई उर्जाशील र उत्पादकत्व बढाउने बारेमा सहमति पत्रमा हस्ताक्षर भएको हो। मोरङ व्यापार संघको सचिवालयमा भएको कार्यक्रममा संघका अध्यक्ष नवीन रिजाल र स्नाकोत्तर क्याम्पस, विराटनगरका नि. क्याम्पस प्रमुख जयनारायण श्रेष्ठबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको हो।

समझदारी पत्रमा, वर्तमान उद्योग व्यवसायको अवस्था, प्राकृतिक वातावरण, जैविक विविधता लगायत विविध समस्याहरू र तिनका समाधानका लागि सम्वन्धित सरकारी निकायहरु बीच समन्वय, सहकार्य, अनुसन्धान गरी प्राप्त यथार्थ निचोडलाई सरकारका सम्बन्धित निकायहरूमा सुझाव तथा कार्यान्वयनका लागि पहल गर्ने उल्लेख गरिएको छ।

यसबाट उद्योग व्यवसाय र उच्च शिक्षा प्रदायक निकायबीच हुने अन्तर संवाद र सहकार्यले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञानको अवसर प्राप्त हुने र उद्योग व्यवसायीहरुलाई उच्च शिक्षा प्राप्त गर्दै गरेका युवा विद्यार्थीहरूसँग सहकार्यबाट प्राप्त व्यवहारिक एवं सैद्धान्तिक ज्ञानलाई उर्जाशील र उत्पादकत्व बढाउन अभिप्रेरित गर्ने विश्वास लिइएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए।

यो सहमति पत्रबाट उद्योगी व्यवसायीको शैक्षिक क्षेत्र प्रतिको झुकाव बढ्ने र उद्योग तथा व्यवसाय क्षेत्रको अध्ययन अनुसन्धान गर्न टेवा पुग्ने गरी सहमति पत्रमा हस्ताक्षर भएको नि. क्याम्पस प्रमुख श्रेष्ठले बताए। कार्यक्रममा संघका पदाधिकारी तथा स्नाकोत्तर क्याम्पस, विराटनगरका तर्फवाट विभिन्न विषयका प्राध्यापकहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *