त्रियुगाको मेयरमा कांग्रेसले बढायो अग्रता

काठमाडौँ । त्रियुगाको मेयरमा नेपाली कांग्रेसले अग्रता बढाएको छ । २३ हजार ९७५ मत गणना हुँदा कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार बसन्तकुमारले अग्रता बढाएका हुन् ।

उनी प्रतिस्पर्धी एमालेका भागवत राउतभन्दा करिब २००० को मतान्तरले अगाडि छन् । बस्नेत ८ हजार २०० मतका साथ अग्रस्थानमा छन् भने राउतले ६ हजार ३७७ मत पाएका छन् । एकीकृत समाजवादीका बलदेव चौधरीले ६३०२ मतका साथ पछ्याइरहेका छन् ।

उपमेयरमा पनि नेपाली कांग्रेसकै सरिता राई ७,४१० मतका साथ अग्रस्थानमा छन् । एमालेकी महेश्वरी राईले ७,०५४ मतका साथ उनलाई पछ्याइरहेकी छन् । माओवादीकी गीता खड्का (कार्की)को ४८२५ मत छ । अब १६ हजार २०४ मत गणना हुँन बाँकी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *