यौन हिंसाविरुद्धको मुद्दा दर्तासम्बन्धी हदम्याद हटाउन माग; संसदमा सङ्कल्प प्रस्ताव दर्ता

काठमाडौँ । आज शुक्रबार राष्ट्रिय सभाको संसद बैठकमा यौन हिंसासम्बन्धित मुद्दा दर्ताका सन्दर्भमा कानुनमा रहेको हदम्यादको व्यवस्था हटाउन मागसहितको प्रस्ताव दर्ता भएको छ।

राष्ट्रिय सभा सदस्य कमला पन्त र अन्य समर्थकले आज शुक्रबार संसदमा यौन हिंसाविरुद्धको मुद्दामा राखिएको हदम्यादको व्यवस्था खारेज गर्न प्रस्ताव गरेका हुन्। पन्तले समाजमा बालबालिकाविरुद्ध यौन हिंसाका घटना बढिरहेको उल्लेख गर्दै डर, लाज, लोभ, लालच वा अन्य शारीरिक वा मानसकिक समस्याका कारण समयमै उजुरी दिन नसक्ने बालबालिकाले सक्षम भएर उजुरी दिने अवस्थासम्म हदम्यादका कारण न्यायबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको बताएकी छन्।

हदम्यादका कारण पीडितले न्याय नपाउने र अपराधीले सुरक्षा पाउने भन्दै राष्ट्रिय सभा सदस्य कमला पन्तले सो व्यवस्था खारेज हुनुपर्ने मागसहितको सङ्कल्प प्रस्ताव आजको संसद बैठकमा राखेकी हुन्। साथै, उनले दण्ड-सजायको व्यवस्थामाथिसमेत पुनरावलोकनको माग गरेकी छन्।

प्रस्तावः
No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *