आयल निगम डिपोमा भएको आगलागी नियन्त्रणमा

काठमाडौँ । नेपाल आयल निगमको भलवाडीस्थित डिपोमा आज लागेको आगो नियन्त्रणमा आएको छ।

आज शुक्रबार बिहान ११ बजेर ४० मिनेट जाँदा तेल खन्याउने क्रममा लु २ ख २६५६ र लु २ ख ५६८५ नं को ट्याङ्करमा लागलागी भएको हो। आगलागीबाट सो ट्याङ्कर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने अर्कोमा आंशिक क्षति पुगेको छ। रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार आगलागीबाट ट्याङ्करका दुईजना सामान्य घाइते भएका छन्।

घाइतेमध्येका एक सहयोगी तिलोत्तमा नगरपालिका–९ का १८ वर्षीय विजेश चौधरीको हात र खुट्टा जलेको र उनको मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको छ। सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयल निगमको दमकलले आगो नियन्त्रणमा लिएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *