नयाँ बसपार्कको गेस्ट हाउसमा युवती मृत फेला

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।

मृतक ३० वर्षभन्दा कम उमेरकी निशा सुनार रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार गेस्ट हाउस सञ्चालकले कोठाभित्रबाट दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि पुगेको प्रहरी टोलीले कोठाभित्र युवतीको शव फेला पारेको हो ।

शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । घटनामा संलग्न भएको आशंकामा हालसम्म कसैलाई पनि पक्राउ नगरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − four =