निजी विद्यालयलाई बढी कर नलगाउन एनप्याबसनको आग्रह
२०७९ जेठ १३ गते

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन)ले निजी विद्यालयलाई भौगोलिक क्षेत्रहरूका आधारमा बढीमा १५ प्रतिशतभन्दा बढी कर नलगाउन अर्थ मन्त्रालयसँग आग्रह गरेको छ।
आज शुक्रबार पत्रकार सम्मेलन गरी एशोसिएशनले गाउँपालिकाका निजी विद्यालयमा अधिकतमम पाँच प्रतिशत, नगरपालिकामा १० प्रतिशत, महानगर र उपनगरपालिकामा १५ प्रतिशत कर लगाउन आग्रह गरेको हो। हाल २५ प्रतिशत कर लगाइने गरिएको छ। पत्रकार सम्मेलनमा एनप्याब्सनका अध्यक्ष पाण्डव हमालले आर्थिक स्थितिका कारण निजी विद्यालय अप्ठ्यारोमा परेकाले विशेष संरक्षण र छुट दिन सरकारसँग माग गरिएको बताए।
उनले आइतबार सरकारी बिदा भए पनि आफूहरूले उक्त दिन विद्यालय नियमित सञ्चालन गराउनेसमेत अवगत गराएका छन्।
२०७९ जेठ १३ गते
प्रतिक्रिया
सम्बन्धित








