नारायणगढ–मुग्लिन सडकखण्डमा ग्यास बुलेटमा आगलागी
२०७९ जेठ १३ गते

प्रतीकात्मक तस्वीर
काठमाडाैँ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेकाे बुलेटमा आगलागी भएकाे छ ।
दिउँसो १ बजेतिर बुलेटमा आगलागी भएको हाे । बुलेटमा आगलागी भएपछि सम्भावित दुर्घटना राेक्न तथा क्षति कम गर्न नारायणगढ मुग्लिङ सडक खण्ड बन्द गरिएकाे छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आगो पूर्ण रूपमा नियन्त्रणमा नआउनजेल सडक बन्द रहने बताएकाे छ ।
२०७९ जेठ १३ गते
प्रतिक्रिया
सम्बन्धित








