काठमाडौँमा गहना पसलबाटै सुनको सिक्री चोरी; २ जना पक्राउ

काठमाडौँ । काठमाडौँको माछापोखरीस्थित एक गहना पसलबाट सुनको सिक्री चोरेको आरोपमा जिल्ला प्रहरी कार्यालय काठमाडौँबाट खटिएको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–१० भैसे घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–६ शेषमति बस्ने २२ वर्षीय सुरेश नगरकोटीसहित २ जना छन्। माछापोखरीस्थित प्रशंसा ज्वलेर्सबाट २ तोला सुनको सिक्री चोरी भएको घटनामा संलग्नको खोजी गर्दै जाँदा दुईमाथि शंका भई प्रहरीले उनीहरूलाई नितन्त्रणमा लिएको हो।

गत वैशाख २३ गते सो गहना पसलमा ग्राहक बनेर सिक्री हेर्दै गरेका २ जना सिक्री छान्ने क्रममा दुई तोलाको सुनको सिक्री लगाइराखेको अवस्थामै आँखा छलेर फरार भएका थिए। गहना पसल सञ्चालकको दिएको उजुरीका आधारमा दोषीको खोजी गर्ने क्रममा चोरीमा संलग्न भएको र चोरीको सिक्री खरिदमा संलग्न भएको आशंका गरी दुईजनालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूमाथिको आशंका सही भएको हुनसक्ने र चोरी भएको सुनको सिक्री गाली सकेको अवस्थामा फेला पारिएको हुनसक्ने  प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ। पक्राउ परेका दुवैजनामाथि प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *