हामीले समाजवाद भन्याैँ, गर्नचाहिँ केही गरेनाैँ : प्रचण्ड (भिडिओसहित)

काठमाडाैँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा डरलाग्दाे वैचारिक विचलन रहेकाे बताएका छन् । शुक्रबार कृष्णसेन इच्छुककाे २०औं स्मृति दिवसमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । ‘हामीले कृष्णसेन इच्छुकलाई सम्झिँदै गर्दा वैचारिक निष्ठासहितकाे सामाजिक परिवर्तनकाे कुरा गर्नुपर्छ, त्याे प्रतिबद्धता लिनुपर्छ । यदि उहाँलाई सच्चा मनले श्रद्धाञ्जली अर्पण दिने हाे भने वैचारिक निष्ठासहितकाे सामाजिक परिवर्तनकाे प्रतिबद्धता गर्नुपर्छ ।’

उनले कृष्णसेन इच्छुकबारे प्रकाश पार्नु नै चुनाैतीपूर्ण रहेकाे ‍‍औंल्याए । ‘उहाँले अङ्गीकार गर्नुभएकाे सिद्धान्त भनेकाे क्रान्ति नै हाे । उहाँ विचारमा जत्ति दृढ र विचारमा अब्बल हुनुहुन्थ्याे, त्यत्ति नै सरल पनि हुनुहुन्थ्याे । उहाँलाई हामी सबैले आफ्नाे मार्गनिर्देशकका रूपमा लिनुपर्छ ।’ प्रचण्डले कृष्णसेन तपस्या र त्यागकाे पनि प्रतिपूर्ति रहेकाे बताए । ‘उहाँजस्ताे व्यक्ति जन्मिनु गाह्राे छ । उहाँलाई सम्झिँदै गर्दा त्याग र तपस्यालाई पनि साथमै स्मरण गर्नुपर्छ । हामीले त्याे प्रेरणा लिनुपर्छ ।’

उनले सम्बाेधनका क्रममा पछिल्लाे पुस्ता कृष्णसेनजस्ताे नभइ भन्ने एउटा र गर्ने एउटा भएकाे बताए । ‘हामीले भन्नलाई त समाजवाद भन्याैँ,’ उनले भने, ‘तर हामीले दिनदिनै गर्ने कामले चाहिँ समाजवाद आउँछ भनेर भन्दैन । त्यसबीचमा तालमेल नै छैन । कृष्णसेनलाई सम्झिँदै गर्दा यसलाई पनि सुधार्नुपर्छ । कृष्णसेन त्यस्ता थिएनन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *