चोरी गरेर ल्याइएको सुनसहित साढे २५ लाख बढी भारतीय रुपैयाँ बरामद

धनगढी । कैलाली प्रहरीले दुई तोला सुनसहित साढे २५ लाख बढी भारतीय रुपैयाँ बरामद गरेको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका-४ र घोडाघोडी नगरपालिका-८ बाट प्रहरीले बिहीबार २५ लाख ६८ हजार रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार बर्दगोरिया-४ सुन्दरपुरस्थित दुर्गा चलाउनेको घर नजिक खेतबारीमा खाडलमा लुकाई छिपाई राखेका भारतीय रुपैयाँ २ लाख २२ हजार र घोडाघोडी-८ का लालबहादुर थापाको घर नजिकको खेतबारीमा खाल्डोमा लुकाई छिपाई राखिएको भारतीय रुपैयाँ २३ लाख ४६ लाख र २ तोला सुन बरामद गरिएको छ ।

भारतको विभिन्न स्थानबाट चोरी गरी भारतीय रुपैयाँ र सुन ल्याई लुकाई छिपाई राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले यी ठाउँबाट रुपैयाँ र सुन बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *