राजनीति गर्ने कर्मचारीलाई हर्क साम्पाङले भने, जागिर छाेडेर घरै बस्नू

काठमाडाैँ । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङले राजनीति गर्ने कर्मचारीलाई घरै बसी नेता बन्ने सुविधा दिने बताएका छन् ।

बिहीवार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले कुनै कर्मचारीले राजनीतिक दलमा रहेकाे छनक दिने अभिव्यक्ति दिए वा कार्य गरेकाे भेटिए उसका लागि घरै बसी राजनीति गर्ने र चुनाव लड्ने सुविधा दिने बताएका हुन् ।

उनले लेखेका छन्, ‘कुनै कर्मचारीले आफूलाई कुनै राजनीतिक दलसँग आवद्ध भएकाे छनक दिने अभिव्यक्ति या कार्य गरे जागिर छाेडेर घर बसी नेता बन्ने र चुनाव लड्ने सुविधा दिनेछु । – जय धरान !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *