‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्ने सर्वोच्चको फैसला दुर्भाग्यपूर्ण’

काठमाडौँ । एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउनेगरी सर्वोच्च अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण रहेको बताएका छन् । उनले आज एक ट्वीट गर्दै यस्तो बताएका हुन् ।

उनले अदालतको यो फैसलाले कार्यकारीको क्षेत्राधिकार अतिक्रमण भएको र नेपालको राष्ट्रिय सामर्थ्य र विकासको सम्भावनामाथि पनि आँच पुर्याएको बताएका छन् । उनले भनेका छन् ‘आखिर कसरी र कसको हितमा हुन्छन् यस्ता फैसला ?’

निजगढमा विमानस्थल बनाउन सरकारले गरेका सबै निर्णय न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले उत्प्रेषणको आदेशले बदर गरिदिएको हो । यसपछि उनले यस्तो बताएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *