अब चामल निर्यातमा पनि प्रतिबन्ध लगाउने भारतको तयारी, नेपाली बजार प्रभावित हुने

काठमाडौँ । भारतले अब चामल निर्यातमा समेत प्रतिबन्ध लगाउने तयारी गरेको छ । उत्पादन कम भएको र मूल्य बढेको भन्द गहुँ र चिनीको निर्यातमा रोक लगाइसकेको भारतले अब चामल पनि प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

चामलको आपूर्तिमा समेत आन्तरिक बजारमा समस्या आएको तथा मूल्यवृद्धि उच्च भएको भन्दै भारतले विदेशमा निर्यात गर्न रोक लगाउने तयारी गरेको इकोनोमिक टाइम्सले जनाएको छ ।

याे पनि – भारतले गहुँ र चिनी निर्यात रोक्दा नेपाली बजार प्रभावित

यसअघि भारतले गहुँको उत्पादन झण्डै ५ प्रतिशतले कमी आएको र गहुँको प्रमुख निर्यातकर्ता देश रुस र युक्रेन बीचको युद्धले गहुँको आन्तरिक आपूर्तिमा समस्या पर्ने आकलन सहित निर्यातमा रोक लगाएको थियो । यस्तै चिनीको आपूर्तिमा समेत समस्या आउने आकलनका साथ निर्यात प्रतिबन्ध गरेको थियो ।

भारतको प्रधनमन्त्री कार्यालय एक उच्च स्तरीय कमिटि बनार उत्पादित खाद्यान्नको आपूर्ति र उपलब्धताको अध्ययन गरेर अब चामल निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरेको हो । भारतमा हाल उपभोग्य वस्तुको मूल्य वृद्धि उच्च भएको छ । चामलको मूल्य पनि यही रुपमा बढे निर्यात प्रतिबन्ध गर्ने भएको हो ।

याे पनि– गहुँ निर्यातमा भारतले लगायो प्रतिबन्ध, नेपालमा के पर्ला असर ?

भारत चीनपछि विश्वकै सबैभन्दा बढी चामल निर्यात गर्ने देश हो । नेपाल पनि चामल आयातमा भारतमाथि पूर्ण रुपमा निर्भर रहँदै आएको छ । नेपालले चालू वर्षको १० महिनामै भारतबाट ४२ अर्ब १९ करोड रुपैयाँको १ अर्ब २ करोड ४४ लाख केजी धान, चामल, कनिका, ब्राउन राइसलगायत आयात गरेको छ ।

भारतमा चामल निर्यातमा प्रतिबन्ध गरे नेपालमा समेत चामलको आपूर्तिमा समस्या आउने र मूल्यमा चाप पर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *