गहुँ निर्यातमा भारतले लगायो प्रतिबन्ध, नेपालमा के पर्ला असर ?

काठमाडौँ । भारत सरकारले गहुँको निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतीय आन्तरिक बजारमा गहुँको मूल्य उच्च हुन थालेपछि आफूले उत्पादन गरेको गहुँ भारतले विदेशमा निर्यात नगर्ने निर्णय लिएको हो । सरकारले यससम्बधी सूचनासमेत जारी गरेको छ ।

सूचना अनुसार भारत, छिमेकी देश र अन्य देशमा समेत खाद्य सुरक्षा खतरामा रहेको छ । सूचनामा भनिएको छ, ‘देशको समग्र खाद्य सुरक्षाको व्यवस्था गर्न र अन्य छिमेकी तथा जरुरी परेका देशमा खाद्य सुरक्षाका लागि समेत यो निर्णय लिइएको हो ।’

यो आदेशले अघि नै निर्यातको प्रक्रिया सुरु गरिसकेको निर्यातलाई भने लाग्ने छैन । निर्णय लिएपछि भने गहुँ निर्यातको कुनै प्रक्रिया सुरु गर्न नपाइने भएको छ ।

गत वर्ष भारतको खुद्रा बजारमा गहुँको पिठाको औषत मूल्य २ हजार ८ सय ८० रुपये प्रतिक्विन्टल रहेको थियो । यो मूल्य बढेर अहिले प्रतिक्विन्टल ३२९१ रुपये पुगेको छ ।

वर्ष २०१० पछि पिठोको मूल्य यसपछि सबैभन्दा बढी पुगेको छ ।

गहुँको खेती उत्तर भारतमा ज्यादा हुने गरेको छ । मध्यप्रदेशमा पनि यसको खेती धेरै हुने गरेको छ । यसपटकको गर्मीले गहुँको उत्पादानमा निकै कमी ल्याएको छ । खास गरी मार्च–अप्रिलमा २५ देखि ३० डिग्रि सेल्सियस तापक्रममा गहुँको उत्पादन बढी हुने गर्छ । तर, यसपाली यी महिनामा तापक्रम बढी भएपछि उत्पादन घटेको थियो ।

सरकारी तथ्यांक अनुसार भारतमा यसपाली गहुँको उत्पादनमा ५ प्रतिशतले कमी आएको छ । तर, पश्चिम उत्तर प्रदेश, पंजाब, हरियाणा तथा मध्य प्रदेशका किसानको भनाइ उदृत् गर्दै पत्रकार हरवीरसिंहले यस पटक गहुँको उत्पादनमा १५ देखि २५ प्रतिशतसम्म उत्पादनमा कमी आएको छ ।
गहुँको उत्पादन र निर्यात ज्यादा गर्ने देश रुस र युक्रेन युद्धमा फसेका कारण पनि यसपछि अन्तर्राष्ट्रिय स्तरमै गहुँको मूल्य बढेको छ । यी देशमा युद्धका कारण भारतको गहुँको माग विश्व बजारमा बढेपछि भारतले पनि आफूलाई अपुग हुनेभन्दै निर्यातमा रोक लागएको हो ।

सबैभन्खा बढी गहुँ उत्पादन गर्ने देशमा रुस, युक्रेन, क्यानडा, फ्रान्स, अमेरिका हुन् । यी मध्ये विश्व बजारमा ३० प्रतिशत गहुँको आपूर्ति रुस र युक्रेनले गर्दै आएका थिए ।

रुसको उत्पादन मध्ये आधा गहुँ मिश्र, तुर्की र बंगलादेशले खरिद गर्ने गरेका छन् । युक्रेनको गहुँ नेपाल, इन्डोनेशिया, फिलिपिन्स, तुर्की, ट्युनिसियाजस्ता देशले खरिद गर्ने गरेका छन् ।

दुई देश युद्धमा पुगेपछि भारतले ती देशबाट भइरहेको निर्यातको अवसर लियो । भारतबाट गत वर्षको तुलनामा उच्च परिमाण अर्थात झण्डै तेब्बर बढी गहुँ निर्यात भयो । यसको परिणाम यो आयो कि गहुँको मूल्य बढ्यो ।

नेपालले पनि धेरैजसो गहुँ युक्रेनबाट नै आयात गर्ने गरेको थियो । उक्त देशबाट युद्धका कारण अहिले गहुँ आउने अवस्था छैन ।

यो अभाव पूरा गर्न भारतबाट समेत नेपालले गहुँ आयात गर्नुपर्ने हुनसक्थ्यो । तर, भारतले उच्च मूल्य वृद्धि र आफ्नो खाद्य सुरक्षाको प्रबन्ध गर्न भन्दै निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा समेत गहुँको अभाव हुन सक्ने देखिएको छ । त्यस्तै, गहुँको अपाूर्ति सामान्य भयो भने पनि मूल्य भने नेपालमा समेत आकाशिने अनुमान गर्न सकिन्छ । एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *