झलनाथले भने- नीति तथा कार्यक्रमले कला साहित्यलाई छोएन, साहित्यबिनाको देश खोक्रो हुन्छ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले आव २०७९८० को नीति तथा कार्यक्रमले कला साहित्यलाई नछोएको बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा भाग लिँदै उनले भनेका छन्, ‘यो नीति तथा कार्यक्रमले कला साहित्यलाई पूरै छाड्यो । कला साहित्यबिनाको देश खोक्रो हुन्छ ।’

उनले यसबारे यही नीति तथा कार्यक्रममा समावेश गरेर लान पनि सरकारलाई सुझाव दिएका छन् । ‘नभएपनि प्रधानमन्त्रीले सम्बोधन गर्दा यसबारे प्रतिज्ञा गर्नुपर्यो । कला साहित्यलाई छाड्नुहुँदैन । योबिना देश टिक्नै सक्दैन,’ उनले भनेका छन्।

उनले विगतका सरकारभन्दा गठबन्धन सरकार केही कुरामा पनि फरक नभएको बताउँदै असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *