गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै सुदूरपश्चिममा थालियो चरणबद्ध आन्दोलन

धनगढी । पूर्वाधार तयार भएको कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै सुदूरपश्चिमबासी आन्दोलित भएका छन् ।

सरकारले मंगलबार ल्याएको नीति तथा कार्यक्रममा मेडिकल कलेज सञ्चालनको विषय नसमेटिएको भन्दै सुदूरपश्चिमबासी आन्दोलित बनेका हुन् । कैलालीको अत्तरिया र धनगढीमा स्थानीयछन् ।

स्थानीय संयुक्त नागरिक दवाव समूह नै गठन गरेर चरणबद्ध रुपमा आन्दोलनमा उत्रिएका छन् ।

सरकारलाई दबाव सृजना गर्न आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरिएका छन् । यस अन्तर्गत विहीबार (आज) बिहानैबाट धनगढीमा हस्ताक्षर संकलन अभियान सुरु हुनुका साथै र धर्ना थालिएको नेपाली कांग्रेस कैलालीका सचिवसमेत दबाव समूहका सदस्य नृप सुनारले बताए ।

यस्तै दबाव समूहले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्रसमेत बुझाएको छ । ज्ञापनपत्र बुझाएपछि दबाव समूहले केही छिनमा सडकमै पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

जेठ १३ गते बिहान ८ बजे गेटा मेडिकल कलेजमा सांकेतिक विरोध स्वरुप नागरिक स्तरबाट स्वास्थ्य सेवा परीक्षण गर्ने कार्यक्रमसमेत रहेको दबाब समूहले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *