टेक्ससमा २१ जनालाई गोली हानी मार्नुअघि बन्दुकधारीले के लेखेका थिए ?

काठमाडौँ । अमेरिकामा बुधबार २१ जनाको ज्यान लिने गरी आक्रमण गरेका बन्दुकधारीले हमला गर्नुअघि त्यसबारे लेखेको खुलेको छ । टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा आक्रमण गर्नुअघि ती बन्दुकधारीले सामाजिक सञ्जालमा त्यसबारे लेखेको खुलेको हो ।

फेसबुक सञ्चालक कम्पनी मेटाका अनुसार १८ वर्षीय सन्दिग्धले लेखेका कुरा सीमित मानिसले हेर्न सक्नेगरी पोस्ट भएको छ । १९ जना बालबालिका र दुईजना शिक्षकलाई गोली प्रहार गर्नुअघि आक्रमणकारीले तीन वटा चेतावनी फेसबुकमा पोस्ट गरेको टेक्सस राज्यका गभर्नर ग्रेग याबटबताए । उनकाअनुसार सुरुमा ती बन्दुकधारीले आफ्नै हजुरआमालाई गोली हान्ने र पछि आफूले त्यसो गर्ने लेखेको पाइएको छ ।

त्यसपछि उनले एउटा एलिमेन्ट्री विद्यालयमा आक्रमण गर्न लागेको घोषणा गरेका थिए । उक्त सन्देश ती बन्दुकधारी विद्यालय पुग्नुभन्दा १५ मिनेटअघि मात्रै पोस्ट गरिएको बताइएको छ । ती बन्दुकधारीले टेक्सस एलिमेन्ट्री स्कूलको एउटै कक्षा कोठामा १९ जना बालबालिका अनि दुई शिक्षकलाई मारेको बताइएको छ । उनले सबैलाई कोठामा थुनेका थिए ।

पछि उनलाई एक सीमारक्षक अधिकारीले गोली हानेर मारेका थिए । बन्दुकधारी १८ वर्षका युवाले के कारण आक्रमण गरे भन्ने कुरा स्पष्ट हुन सकेको छैन । अमेरिकाका विद्यालयमा गोलीकाण्डहरू बारम्बार भइरहेका छन् । बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *