काठमाडौँ महानगरको मतपरिणाम

बालेनले कटाए ५९ हजार मत, सिर्जना र केशवको कति ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मत गणना अन्तिम चरणमा आइपुगेको छ ।

महानगरपालिकाको मेयरमा विजय निश्चित भइसकेका स्वतन्त्र उम्मेदवार बालेन साहले अहिलेसम्म ५९ हजार भन्दा धेरै मत पाएका छन् । बिहान सार्वजनिक मत परिणामअनुसार बालेनले अहिलेसम्म ५९ हजार १४९ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा नेपाली कांग्रेसकी मेयरकी उम्मेदवार सिर्जना सिंहले ३७ हजार ५४२ मत पाएकी छन् । उनी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी थिइन् । नेकपा एमालेका केशव स्थापितले ३७ हजार २१८ मत ल्याएका छन् ।

चौथो स्थानमा रहेका अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले हालसम्म १३ हजार ३५४ मत प्राप्त गरेका छन् । अहिलेसम्म २९ वटा वडाको मतगणना सकिएको छ । वडा नम्बर १४, १५ र १६ को मत गन्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *